समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २७ पुस ।
जनकपुरधाम उपमहानगरपालिकाका वडाका वडा अध्यक्षको ज्ञापनको २४ घण्टा नबित्दै वडा अध्यक्ष बिरुद्ध वडा सदस्यहरुले मेयर लाल किशोर साह समक्ष ज्ञापन पत्र बुझाएको छ । वडा अध्यक्षले अधिकार नदिएको आरोप लगाउँदै २५ वटै वडाका सदस्यहरु ज्ञापन पत्र बुझाएका छन्।

कानूनले अधिकार दिएपनि वडा अध्यक्षले कटौती गरेको भन्दै उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएअनुसार काम, कर्तव्य र अधिकार पाउनुपर्ने भनी नौ बुँदे ज्ञापनपत्रमा अनुरोध गरेका छन् ।

ज्ञापनपत्रको पहिलो बुँदामा विकास योजना बजेट, नीति र कार्यक्रम निर्धारण गर्दा वडा समितिको बैठकबाट पारित गराई मात्र उपमहानगरपालिकामा पेस गर्न माग गरिएको छ । वड़ामा भएको कार्यको गुनस्तरीयता परीक्षण गÞरी मात्र बिल भुक्तानी हुनुपर्ने, वडा समिति गठन गर्दा सदस्यहरुको संयोजकत्वमा गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको छन् ।

यसअघि बुधबार उपमहानगरका १६ जना वडाध्यक्षले मेयर साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाएका थिए ।

वडाध्यक्षपछि वडासदस्यको ज्ञापनपत्र आउनुलाई नगरवासीले गम्भीरताका साथ लिएका छन् ।

किन बुझाए वडा सदस्यहरु ज्ञापन भिडियोमा हेर्नुहोस जस्ताको त्यस्तै :

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here