समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, १८ पुस ।
विभिन्न विद्युतीय उपकरण चोर्ने ३ चोरलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जेठदेखि मंसिरसम्म जनकपुरधाम लगायत जिल्लाका बिभिन्न स्थानमा चोरीका घटनामा संलग्न उनिहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ४ महावीर चोकका २२ बर्षीय अभिमन्यु कुमार साह, महोत्तरी औरही ३ सोनामाईका १८ बर्षीय रमेश कुमार यादव र धनुषा औरही १ का २१ वर्षीय इलियाकत राइन रहेका छन् ।

उनिहरुको साथबाट ५५ इन्च एलइडी टिभी, ल्यापटप, ६ वटा मोबाइल, खुकुरी र गहना समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा उनिहरु विरुद्ध ९ वटा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here