समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम । समाजमा जनचेतनाकै अभावका कारण लिङ्गका आधारमा बढ्दै गरेको लैङ्गिक हिंसा , भ्रुण हत्या र भेदभाव जस्ता कलह तिब्रता लिइरहेको छ । गर्भैबाट छोराछोरी बीचको फरक, सक्षम महिलालाई महिला भएकै कारण समाजले हेर्ने दृष्टि, गर्भमै छोरी थाहा पाएपछी भ्रुण हत्या समेत गर्ने हाम्रा समाज सृष्टीमाथी नै प्रश्न उठाइरहेको देखिन्छ ।

लैङ्गिक हिंसा न्यूनीकरणका लागि जनचेतना फैलाउन सहिदनगर नगरपालिकाको आयोजनामा लोक संचार नामक नाट्य संस्थाद्वारा टोल–टोल सडक नाटक अभियान संचालन गरेको छ ।
लैङ्गिक हिंसाका बिषय लाई प्रसिद्ध महिला नाट्यकर्मी एवम महिला निर्देशक प्रीयङ्का झाको परिकल्पना र निर्देशन रहेको “दुलारी“ नामक नाटक प्रस्तुत गरिदैछ । नाटकमा रामनारायण ठाकुर, प्रीयङ्का झा, राजेश सक्सेना, गङाकान्त झा, सुरेन्द्र राय, धिरज ठाकुर, रोशनी कर्ण लगायतका कलाकारले अभिनय गरेको छ ।

देशकै कान्छो मेयरको रुपमा चिनिने सहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरियाले समाज सचेत नभए सम्म दैनिक रूपमा यस्ता किसिमका हिंसा बढने र र छोरी लाई अपहेलना गर्ने कुनै पनि समाजले प्रगति गर्न नसक्ने उनले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रमुख, सस्त्र प्रहरी यदुकोहाका प्रमुख, लगायतको उपस्थिती रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here