समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, ४ चैत ।

– लोकसेवाको तयारी गर्दा व्यावहारिक पक्षमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ ।

– सुशासन ऐन, सूचना हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन, वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यावहारिक पक्षको अध्ययन गरिनुपर्छ

– आवधिक योजना मज्जाले पढ्नुपर्छ । किनभने, यसले सबै तह र समूहलाई कहीँ न कहीँ छोएको वा समेटेको हुन्छ । त्यसका साथै सरकारले सार्वजनिक गर्ने विभिन्न प्रतिवेदन पनि पढ्नुपर्छ ।

– सम्बन्धित विषयमा काम गरिसकेका, व्यावहारिक रूपमा जानकार र अवकाशप्राप्त कर्मचारी वा व्यक्तिले लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ । 

– हेन्सआउट, बुक, गाइड मात्र हेरेर पुग्दैन । सम्बन्धित विषयवस्तुमा आधारित चौतर्फी ज्ञान हासिल गर्नुपर्छ । 

– बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ । कम्तीमा दैनिक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ । 

– तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर दोहोर्‍याएर पढ्नुपर्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीले एक वर्ष वा ६ महिना राम्रोसँग पढ्दा पास गर्न सजिलो हुन्छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here