समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाण्डौं, २५ पुस ।
लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ ।

खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो । आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तृतीय र चतुर्थ पत्रको परीक्षाा क्रमशः बैशाख ७ र ८ गते हुनेछ ।

आयोगले निकालेको विज्ञापनसम्बन्धी सूचना हेर्नुहोस् 

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here