समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रामनारायण पण्डित
लहान, १३ पुस ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज विहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गरेका छन् ।

बिहिवार बिहान ८ बजे अस्पताल पुगेका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षण पश्चात अस्पताल व्यवस्थापनलाई निर्देशन दिदै अस्पताललाई सुबिधासम्पन्न सेकेन्ड्री तहको अस्पताल बनाउने घोषणा गरेका छन् ।

अस्पतालमा कमी रहेको बिशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिटै पठाउने आश्वास दिनुहुँदै अब शैयाको आधारमा नभई तहकोे आधारमा अस्पताललाई बर्गिकरण गरिने जानकारी दिएका छन् । अब अस्पतालहरु प्राईमरी, सेकेन्ड्री र ट्रोसियल गरि तीन तहको मात्र बर्गिकरण गरि सोही अनुसारको अस्पतालहरुको बिस्तार गरिने उनको कथन थियो ।

अस्पतालमा देखिएका कमिकमजोरीलाई तत्काल सुधार गरि जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उनले अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।

अस्पताल निरीक्षणको क्रममा अस्पतालका मेसु डा। सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्ति बारे उपप्रधानमन्त्री यादवलाई जानकारी गराएका थिए ।

यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले बिहिवारनै विहान लहान नगरपालिका ३ मा स्थापना हुने बाल अस्पताल जग्गाको समेत स्थलगत निरीक्षण गरेका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here