समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १९ पुस ।
प्रतिनिधिसभा सांसद्को रुपमा राजपा नेता रेशम चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि जनकपुरधाममा लगायतका मधेशका विभिन्न जिल्लामा खुशीयालीको दिप बालिएको छ ।

जनकपुरधाम लगायतका मधेशका विभिन्न जिल्लामा राजपाका नेता कार्यकर्ताहरुले चौधरीको शपथ ग्रहणको खुशीयालीमा दिप प्रज्वलन गरेका छन् । साँझ बिहिवार जनकपुरधाम स्थित जनकचोकमा दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा राजपाका जिल्ला अध्यक्ष मण्डलका सदस्य संजय सिंह, ज्ञानेन्द्र झा ज्ञानु, केन्द्रिय सदस्य संजय चौधरी, प्रेस मंचका केन्द्रिय उपाध्यक्ष बिन्दकिशोर साह, सहमहासचिव बटुकनाथ झा, महोत्तरीका जिल्ला सचिव रामकृपाल साह, राजपाका बिद्यार्थी नेता कमलेश यादव, अशोक यादव, युवा नेता प्रशान्त झा, मनोज साह लगायतको सहभागिता रहेको थियो ।

चौधरीलाई बिहिबार ३ बजे सभामुख कृष्णबहादुर महराले आफ्नो सचिवालय सिंहदरबारमा सपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण लगत्तै संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सांसद्को लोगो दिएका छन् । टीकापुर घटनाका मूख्य अभियुक्तको रुपमा प्रहरीले किटान गरेपछि चौधरी पूर्पक्षका लागि थुनामा थिए ।

उनलाई सपथका लागि डिल्लीबजार कारागारबाट प्रहरीले भ्यानमा राखेर सिंहरदबारमा लगि सपथ गराएपछि पुनः करागार लगिएको हो ।

भिडियो यहाँ : –

https://www.youtube.com/watch?v=hVW3q3qxC7g&feature=youtu.be
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here