समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राजविराज । भुमिसुधार कार्यालय सप्तरीका एक नायब सुब्बा रिटायर्ड हुन २ दिन अघि घुससहित अख्तियारको फन्दामा परेका छन् ।

एक सेवाग्राहीसँग ४० हजार रुपैंया घुस लिदै गर्दा रंगेहात अख्तियारले पक्राउ गरेका छन् । कार्यालय नायब सुब्बा बासुवेद मण्डल पक्राउ गरेका छन् ।

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सोमबारै क्षेत्रीय कार्यालय इटहरी लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल २ दिनपछि ५८ वर्षे सेवा अवधी पुरागरि सेवानिवृत्त हुन लागेका थिए ।

नासु मण्डल पक्राउ परेपछि केहिबेर कार्यालय अस्तव्यस्त बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here