समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ । भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमण गर्न लागेकी हुन् ।

भ्रमण तालिका अनुसार राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने भोजमा पनि सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग छलफल गर्ने कार्यक्रम छ । त्यस्तै चिनियाँ समकक्षी सीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने तयारी छ ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभाका सांसदहरु, उच्च पदस्थ कर्मचारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहने छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here