समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रहरी हिरासतमा मृत्यू भएका स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको परिवारलाई युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

सिरहाको सन्हैठा बस्ने युवा रामसागर यादव, अरंग बस्ने सुरेश साह, अरंगै बस्ने राजगिर पासवानको नेतृत्वमा दोहा कतार स्थित अल ब्याण्ड्री कम्पनीमा काम गर्ने युवाहरुको एक समुहले आर्थिक सहयोग गरेका छन् ।

शहिद परिवारहरुलाई सहयोग गर्ने आफ्नो कर्तव्य ठान्दै उनीहरुले यादवको परिवारलाई २८ हजार २ सय ८८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

मधेसमा राम मनोहर यादव जस्तै पनि अरुले बलिदानी दिएको भन्दै उनको परिवारलाई पनि सहयोग गर्ने हाम्रो कर्तव्य रहेको भन्दै अगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here