समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, १७ फागुन ।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दाह संस्कार गरिएको छ।

मन्त्री अधिकारीको रामघाटमा दाह संस्कार गरिएको हो। मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज अधिकारीले दागबत्ती दिएका हुन।

उनका कान्छा छोरा स्वराज १० वर्षका छन्।

मन्त्रीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरिएको थियो।

मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट र्पुयाइएको थियो।

उनको शव यात्रामा सर्वसाधारणदेखि नेता कार्यकर्ता, शुभेच्छुकहरु लामबद्ध रुपमा शव यात्रामा सहभागी भएका थिए भने नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले थार्थिव शरीरमा ओढाएर सम्मान व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here