समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ४ माघ ।
राप्रपा धनुषाको जिल्ला अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्मपन्न भएको छ । राप्रपाको धनुषा जिल्ला अध्यक्ष मनोज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति, क्षेत्रीय समिति र नगर कार्यसमितिका पदाधिकारीलाई एक दिने प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख भुवन पाठकले संगठन निर्माणको रणनीति र अगामी १५ फागुन देखि सुरु हुने मेची महाकाली स्वाभाविमान र्‍यालीको बारेमा प्रशिक्षण तथा जानकारी गराएका थिए ।
पार्टीका सहायक महामन्त्री राजेश गिरिले राष्ट्रियता र हिन्दु राष्ट्रको विषयमा अगुवा कार्यकर्ताहरुलाइ प्रशिक्षण दिएका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा तराई मधेस विभाग प्रमुख दिनेश साहले मधेसमा पार्टीको संगठन बिस्तार हुँदै गइरहेकोको बताएका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here