समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १९ पुष।

मुख्यमन्त्री लालबाबु राउतले राज्य पक्ष इमान्दार नभए सम्म जातीय भेदभाव तथा छुवाछुत अन्त्य हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित गैर सरकारी संस्था महासंघले विहिवार जनकपुरमा आयोजना गरेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धी प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ऐन कानून बनाएर मात्र यो समस्याको समाधान नहुने दावी गरे । उनले भने,-‘ऐन कानूनहरु थुप्रै छ, तर कार्यान्वयन भएन ।

कार्यान्वयनको लागि सम्बन्धित पक्षलाई इमान्दार बन्नु आवश्यक छ ।’ मुख्यमन्त्री राउतले प्रदेश नं. २ मा रहेका दलितहरुको अवस्थामा सुधार ल्याउदै समाजिक न्यायको अनुभूति दिलाउत प्रदेश सरकारले दलित सशक्तिकरण एन संसदमा पठाईसकेको जानकारी गराउदै ऐन पारित भएपछि छुवाछुत र जातीय विभेद जस्ता समस्याहरुलाई अन्त्य गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले दलित, मुस्लिम, महिला जस्ता उत्पीडनमा परेका समुदायहरुको उन्नति नभए सम्म मुलुक समृद्ध हुन नसक्ने तर्फ सचेत हुँदै प्रदेश सरकारले ती वर्गहरुको लागि विशेष कार्यक्रमहरु ल्याइ रहेको उल्लेख गरे ।

हालैमा मेडिकलमा अध्ययनरत तीनजना विद्यार्थीलाई प्रदेश सरकारले गरेको सहयोगको चर्चा गर्दै उनले त्यस्ता उच्च शिक्षा अध्ययन गर्ने दलित छात्र छात्राहरुको लागि प्रदेश सरकारले छात्रवृतिको विशेष प्याकेज ल्याउने गृह कार्य गरिरहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका प्रमुख विर बहादुर बुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती सहितको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा समाजिक बिकास मन्त्री नवल किशोर साहले दलित सशक्तिकरण विधेयकबाट गरिब, निमुखा, तथा बर्षौदेखि उपेक्षित, उत्पिडित वर्गले राहत महशुष गर्ने बताएका छन् । उनले दलित शक्तिकरण विधेयकबाट दलित वर्गका अति गरिबीमा रहेका परिवारहरुलाई प्रत्येक विशेष कार्डको व्यवस्था समेत गर्न लागेको बताए ।

मन्त्री साहले आजको २१ औं शताब्दीको कलयुगमा १८ प्रतिशत दलितको जनसंख्या रटान मात्र नगरेर आफ्नो आँखा र कान खोलेर राख्न आग्रह गरे । उनले भने, ‘तपाई दलित समुदायहरु आफ्नो हक र अधिकारका लागि आफ्नो दुवै आँखा र कान खोलेर बस्नुस् तपाईहरुले आँखा र कान खोलेर बस्नु भयो भने, नेता तपाईको नोकर हुन्छ, यद्दि खोल्न सक्नु भएन भने, नेता तपाईको मालिक हुन्छ, त्यसैले तपाईहरु आफ्नो संविधानप्रद हक र अधिकारको लागि आँखा र कान खोलेर बस्नुस् ।’

उनले रात्रिकालिन समयलाई रात र कालो रंगलाई कालो रंग भने मात्र अधिकार सम्पन्न हुने बताउँदै उनले छुवाछुत अन्त्यका लागि प्रदेश सरकार सदैव तत्पर रहेको समेत बताए ।

उनले सरकारले गरेको हरेक कामकाजमा दलितको प्रतिनित्व हुनुपर्ने जिकिर गर्दै हरेक तह र तप्काका व्यक्तिको विकास भएमात्र देश विकास सम्भव भएकोले प्रत्येक नागरिकको समान हकका लागि समानुपातिक, समावेशीको सिद्धान्त लागू हुनुपर्नेमा जोड समत दिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here