पुत्ला दहन देखि कारवाही सिफारिस सम्म

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १४ पुस
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक बनाईपछि पार्टीमा भाँडभैलो देखिएको छ ।
गत मंसिर ४ गते अध्यक्षीय मण्डलको बहुमतबाट संयोजक पदबाट महन्थ ठाकुरलाई हटाईएपछि सुरु भएको विवादमा राजेन्द्र महतोको पुतला दहन देखि प्रदेशको प्रमुख सचेतक तथा सांसद परमेश्वर साह सम्मलाई कारवाहीको सिफारिस सम्मको निर्णयले राजपामा हलचल उत्पन्न गरेको छ ।
अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि सुरु भएको विवाद एकताको निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय गरेपछि त्यसको विवाद अहिले जिल्ला तह सम्म देखिन थालेको छ ।

गत शुक्रवार संयोजक राजेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजपा धनुषाको अध्यक्ष मण्डलका ६ जना सदस्य मध्ये एक देवकृष्ण मण्डललाई हटाएर बिद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई बनाएपछि राजेन्द्र महतोको पुतला दहन सम्म गरिएको छ ।


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रिय महासचिवहरुको सचिवालय कमिटीको निर्णयले केही जिल्लामा अध्यक्ष मण्डललाई परिवर्तन गर्ने निर्णय अनुरुप निर्णय लिईएको केन्द्रिय महासचिव केशव झाले दाबी गरे । तर यता जिल्ला अध्यक्षीय मण्डलबाट हटाईएका देवकृष्ण मण्डलले आफुलाई राजेन्द्र महतोले पार्टी एकल वर्चश्व तथा हैकमबादी प्रवृति देखाउँदै आफुलाई हटाएको दाबी गरे । देवकृष्ण मण्डल तथा ज्ञानेन्द्र झा ‘ज्ञानु’ दुबै शरतसिंह भण्डारी पक्षधर नेता हुन् ।
यता राजापाकै एक केन्द्रिय नेताले भने, यहाँ त सोचनीय विषय के हो भन्दा, यद्दि हैकम्वादी प्रवृति राजेन्द्र महतोले देखाएको हो, भने उनले आफ्नै लविको मान्छे राख्थे, तर धनुषामा अध्यक्ष मण्डलबाट हटाईएका मण्डल र नियुक्त गरिएको ज्ञानु दुवै शरतसिंहका पक्षधर हुन अनि कसरी हैकम्वादी भयो । यो केही हैन, केन्द्रिय सचिवालयको निर्णयलाई संयोजक राजेन्द्र महतोले आधिकारीता मात्र दिएको हो ।’


शुक्रवार साँझ अध्यक्षीय मण्डलबाट आफुलाई हटाएको विरोधमा देवकृष्ण मण्डल सहित प्रदेश सचेतक तथा सांसद परमेश्वर साहको नेतृत्वमा संयोजक राजेन्द्र महतोको विरोध गर्दै पुतला दहन गरेको थियो । सोहीको भोली पल्ट शनिवार (आज) राजपाकै केन्द्रिय पदाधिकारीहरुको जनकपुरधाममा बसेको बैठकबाट प्रदेश सचेतक परमेश्वर साहलाई कारवाहीको सिफारिस गरेको एक नेताले जनाएका छन् । उनका अनुसार बैठकमा प्रदेश सांसदहरु, महासचिव, प्रवक्ता, केन्द्रिय सदस्य तथा राजपा भातृ संगठका पदाधिकारीहरुको उपस्थिति रहेको श्रोतको भनाई छ ।
यता मुख्य बिवाद देखिएको संयोजक राजेन्द्र महतो र प्रदेशका प्रमुख सचेतक परमेश्वर साह एकै निर्वाचन क्षेत्रबाट निर्वा्चित भएका हुन् । तर दुवै फरक लविका नेता भएका कारण परमेश्वर साहले पटक–पटक कतिपय सार्वजनिक समारोहमै राजेन्द्र महतोलाई दुव्र्यवहार गर्दै आएको महतो पक्षधर नेताको भनाई छ । केही महिना अघि धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा अयोजित क्षेत्रीय भेलामा राजेन्द्र महतोले अध्यक्षता ग्रहण गरेपछि विवादले तनावको अवस्था नै सृजना गरेको थियो । सोही क्रममा परमेश्वर साहकै नेतृत्वमा महतो विरुद्ध नाराबाजी सहित गालीगलौज सम्म गरेका थिए ।


सोही घटना नसेलाउँदै धनुषाको निर्वाचन क्षेत्र नं. २ मा आयोजित क्षेत्रीय भेलामा समेत परमेश्वर साह नेतृत्वमा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र पार्टीका केन्द्रिय सदस्य रमण सिंहमाथि जाईलागेका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here