समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १६ माघ ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकामा निर्माण गर्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानबीच खेलाउने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले योजना प्रस्तुत गरेकी छन् । रंगशाला घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो योजना सुनाएकी हुन् ।

मेयर दाहालले भनिन्, ‘भारत र पाकिस्तानबीच राम्रो सम्वन्ध छैन । त्यसैले उनीहरु एक(अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरेको खन्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’

फाउन्डेसनले रंगशाला बनाएर हस्तान्तरण गरेपछि महानगरपालिकाले यसलाई सञ्चालन गर्ने उनले बताइन् ।

साथै रंगशाला निर्माणमा महानगरपालिका दिनरात जुट्ने उनको भनाइ थियो । रंगशालाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएको हो । यस विषयमा आजै फाउन्डेसन र महानगरपालिकाबीच सहमतिपत्र आदानप्रदान भएको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here