समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ मंसिर ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् ।

निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् ।

विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

यस्तो छ जनकपुरमा योगीको कार्यक्रम

जनकपुरधाम एयरपोर्टबाट सिधा जानकी मन्दिर पुगी पुजाअर्चना गरेका हुन् । पुजा पछि पुनः जनक चोक, शिव चोक हुँदै – भानु चोक– मिल्स एरिया–मधेश भवन (जचुकालि) सम्म त्यसपछि थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै रंगभूमी बाहविघा मैदानमा सहभागी भएपछि पुनः सोही मार्ग भएर जनकपुर विमानस्थल फर्किने कार्यक्रम तय भएको छ ।

योगीको टोली फर्किए पनि श्रद्धालुहरुको सुविधालाई दृृष्टिगत गर्दै बुधवार रातिसम्म रिंग रोड र भित्री सडकहरुमा सवारी गुडाउन तथा पार्किङ्ग गर्न नपाइने प्रहरीले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here