समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


शिव अधिकारी यदुवंशी

काठमाडौं । नेपाल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्सले यादव समूदायबाट विविध क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेको छ ।

नेपाल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्सले चैत ८ गते बधाई तथा भेटघाट कार्यक्रमको आयोजना ग¥यो । सोही अवसरमा यादव समुदायबाट विविध क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरियो । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा अर्थमन्त्री इन्जिनीयर बिजयकुमार यादवले सम्मानित हुनेहरुलाई सम्मान तथा कदर पत्र प्रदान गर्नुभयो ।

सम्मानित हुनेमा प्रदेश २ का इन्जिनीयर एसोसिएशनका अध्यक्ष नन्दकिशोर यादव, नरदेवी आयुर्वेद अस्पतालका निर्देशक डा. रामआधार यादव, ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार यादव र निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव रहेका छन् । कार्यक्रममा एसियाली युवा एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक बिजेता अजितकुमार यादवलाई ११ हजार नगदसहित सम्मान पत्र हस्तान्तरण गरिएको नेपाल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्सका अध्यक्ष सितलप्रसाद यादवले जानकारी दिनुभयो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here