समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिवसीय मध्य–माध्यमिकी परिक्रमा बिहिबार अन्तःगृह परिक्रमा गरि विधिवत रुपमा सम्पन्न हुँदैछ ।

नेपाल र भारतका १५ वटा विश्राम स्थललाई विधिवत रुपमा परिक्रमा गर्दै मंगलवार जनकपुर आईपुगेका रामजानीकको डोला बुधवार जनकपुरको पंचकोशी क्षेत्रमा परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।

फाल्गुन औसींका दिन देखि विधिवत रुपमा शुरु भएको परिक्रमा सकिए लगत्तै तराई मिथिला क्षेत्रमा होली खेल्ने ऐतिहासिक परम्परा रहेको छ ।

मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत , मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा हुन्छ, जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहेको छ ।

प्राचिन समयमा सियालाल जी शरण नाम गरेका सन्तले शुरु गर्नु भएको मध्यमा परिक्रमा गरेपछि मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ प्राचिन समयमा सियालाल जी महाराजले परिक्रमाको शुरुवात गरेका थिए ।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ ।

कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् ।

फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन् । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गरिन्छ ।

टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्माण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो ।

परिक्रमामा सहभागिहरुको लागि विभिन्न स्थानिय संघसंस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर, चिया, नास्तालगायतको व्यवस्था मिलाएका छन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here