समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


विकास कुमार साह
जनकपुरधाम, २२ पुस ।

विश्व सफाई अभियान अन्तर्गत विगत ९ बर्षदेखि निरन्तर सक्रिय रहेका राजमान मानव र सुशिला महर्जन तेस्रो पटक जनकपुरधाम आईपुगेका छन् ।

‘म मेरो देश फोहर गर्दिन’ भन्ने नाराका साथ दैनिक बाटो बराल्ने, समझाउने र सरसफाई कार्यक्रमका लागि सबैलाई उत्प्रेरित गर्ने कार्यमा सक्रिय उनीहरु १ जनवरी २०१९ का दिन जनकपुरधाम आईपुगेका हुन् ।

२०१८ मा बंगलादेशमा सफाई अभियान चलाएका उनीहरु पश्चिम महाकालीदेखि शुरु गरेको यात्राको क्रममा जनकपुरधाम आईपुगेका हुन् । यसअघि २०७२ सालमा जनकपुरधामको वृहत्त सरसफाई कार्यक्रममा यी सफाई अभियानीहरुको ठूलो भूमिका रहेको थियो ।

यस बर्ष पनि हजारौं मानिसलाई एकै पटक सडकमा उतार्दै आधा घण्टा भित्र जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका मानवीय फोहर सफा गर्ने उनीहरुको योजना छ ।

यसअघिको वृहत्त सफाई कार्यक्रममा सहयोग गर्ने सबै व्यक्ति, संघसंस्था, शैक्षिक संस्था, क्लब, टोल सुधार समिति, सरकारी निकाय, स्थानीय निकायलाई पुनः त्यस्तै उर्जाका साथ सहयोग गर्न अभियन्ता राजमान मानवले आग्रह गरेका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here