समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम । धनुषामा सक्रिय मोटरसाइकल चोरलाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरी भएको सुचना तथा उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

विशेष प्रहरी टोली परिचालित भई खोज तलाश तथा अनुसन्धान गर्ने क्रममा विभिन्न नहरुबाट मोटरसाईकलहरु बरामद गरी चोरी कार्यमा संलग्न व्यक्तिहरु नियन्त्रणमा लिई चोरी शिर्षक मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ११ बस्ने असलम राईन, जनकपुर महानगरपालिका ४ बस्ने दिप कुमार महतो, वडा न.७ बस्ने संजिव कुमार साह, वडा नं. १ बस्ने अरविन्द कुमार साह र धनौजी गाउँपालिका वडा नं. १ बस्ने हसिबुल नदाफ रहेका छन ।

प्रहरीले ज.११ प. ६०८९ नं.को Hero Achiever लेखिएको मोटरसाईकल, ज.९ प. ४६१८ नं. को सुपर स्पलेण्डर मोटरसाईकल, ज.१ प. ८२ ९५ नं.को हिरोहोण्डा स्पलेण्डर मोटरसाईकल, ना.५प. ५९२० नं. को बुलेट मोटरसाईकल,बा ७८ प ११८४ नं को डिस्कभर मोटरसाईकल र ज.१३ प.१५१७ नं. को मोटरसाईकल बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here