समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १९ पुस ।
जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामका एक विद्यालयमा अनुगमन गरेका छन् ।

मेयर साहले सकल भवन कन्या उच्च माध्यमिक विद्यालयमा अनुगमन गरेका हुन् । बिहीवार मेयर सहित वडा अध्यक्ष सहितको टोलीले अनुगमन गरेका छन् ।

उनले रेल्वे लाईन बिस्तारको क्रममा भत्केको विद्यालयको पर्खाल, भवन मर्मत संभार, तथा ५ बर्षदेखि बन्द अवस्थामा रहेको उच्च मा।वि। लगायतका अनुगमन तथा निरीक्षण गरेका छन् ।

अनुगमनमा वडा नं.२ का वडा अध्यक्ष शिव कु्मार साह, वडा नं.११ का वडा अध्यक्ष, वडा नं.१४ का वडा अध्यक्ष पुण्य प्रताप यादव, महानगरका प्राविधिक उपेन्द्र कुमार पजियार, कर्मचारी दिपेश साह लगायतको सहभागिता रहेको थियो ।

https://www.youtube.com/watch?v=eo1HuVDwawg&feature=youtu.be
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here