समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, १९ फागुन ।

गत बर्ष ६ र ७ बैशाखाा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाअध्यक्ष लगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्तास्वरुप जनही ३० हजार भुक्तानी दियो ।

गत आर्थिक बर्ष मात्र यो नगरपालिकाका मेयर सहित सदस्यहरुले गैरकानूनी रुपमा बैठकभत्ता शीर्षकमा २६ लाख २ हजार ३ सय ५० रुपैयाँ बुझेका छन् । महालेखा गैरकानूनी रुपमा लिएको बैठकभत्ता उनीहरुबाट असुलउपर गर्नुपर्ने बताएको छ ।

नगरपालिकाले जिल्लाका नेता सांसद र संघको मन्त्री बनेका बधाई दिँदा मात्रै गत बर्ष एक लाख ७१ हजार राज्यकोषबाट खर्च गरेको छ ।

यसैबीच गत आर्थिक बर्षमा नगरपालिकाले इन्धन शीर्षकमा ८ लाख ५५ हजार ४ सय खर्च गर्यो । जनप्रतिनिधिका आफन्तका निजी सवारी साधनमा समेत सरकारी पैसाबाट इन्धन हालियो । तर, इन्धनममा ८ लाख ५५ हजा। खर्च भएको बिल नगरपालिकासँग छैन ।

खाजा र अतिथि सत्कारमा ३७ लाख ९१ हजार ६ सय ३२ रुपैयाँ खर्च गरेको लेखे पनि नगरपािलकाले प्रमाण देखाउन सकेको छैन ।

नगरपालिकाले ११ वटा वडालाई प्रशासनिक खर्च शीर्षकमा प्रतिवडा ५ लाखका दरले जम्मा ५५ लाख दियो । त्यो पैसा सीधै वडाध्यक्षले पाए । पहिलेनै इन्धनमा ८ लाखको खर्च देखाईसकेको नगरपालिकाले दिएको ५५ लाख पनि वडाध्यक्षको इन्धन, खाजा, स्टेशनरी खर्च भएको फर्जी बिल पेस गरेको छ ।

महालेखाले यसमा प्रश् उठाएको छ । महालेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here