समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ६ चैत ।

मिथिला नाटय कला परिषदले जनकपुरधाममा प्रत्येक वर्ष महामूर्ख सम्मेलनकाे आयोजना गर्दै आएको छ । यस बर्ष जानकी मन्दिरको प्राङ्गणमा भएको सो महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरिएको छ । साहले जनकपुरको विकासमा महत्वपूर्ण योगदान दिदै आउनुभएको छ ।

यस कार्यक्रमा कुनै एक विशिष्ट व्यक्तिलाई प्रत्येक वर्ष यो सम्मान दिने गरिएकाे छ। महामूर्खका उपाधी प्राप्त गर्नेलाई बिभिन्न तरकारीको विशेष माला पनि लगाइने गरिन्छ ।

वामपन्थी नेता रोशन जनकपुरी

यसपाली समारोहबिच, प्रदेश सांसद रामचन्द्र मण्डललाई बैशाखनन्दन, प्रदेश सांसद परमेश्वर साहलाई डपौरशंखको, धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय वरवरिया यादवलाई लोढाशंकर मुर्खको उपाधि प्रदान गरिएको छ ।

यस्तै मैथिली विकास कोषका संयोजक जीवनाथ चौधरीलाई मुसरी लाल, अवकाशप्राप्त प्राध्यापक परमेश्वर कापरलाई हराशंख, शिक्षक नेता मेघनाथ यादवलाई बज्रकीट, जनकपुर अंचल वस वसायी संघका अध्यक्ष मनोजकुमार चौधरीलाई वोतलानन्द, राजपाका केन्द्रिय प्रवक्ता कृष्णा सिंहलाई वंशकुरहरी, वामपन्थी नेता रोशन जनकपुरीलाई चपाटनन्दन, निर्माण व्यवसायी हिरा भगतलाई खेसारीलाल, साहित्यकार पूनम झालाई मनतोरिया र सम्झना वर्मालाई जिलेविया मूर्खको उपाधी प्रदान गरिएको छ । भने विभिन्न तरकारीसहितको माला पहिर्याइ व्यंग्यात्मक तस्वीरको चित्रकला पनि प्रदान गरिएको थियो । र समारोहमा होलीको गीत एवं व्यंग्यात्मक कवि सम्मेलन भएको थियो ।


साे सम्मेलन हेर्न हजारौं दर्शकहरू सहभागी भएका थिए ।

सम्मेलन हेर्न हजारौं दर्शकहरू सहभागी । तस्बिर : न्यामिक यादव / जनकपुरटाईम्स 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here