समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १३ माघ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री विकास विरोधी गतिविधिमा उद्घत रहेको बताएका छन् । उनले मुख्यमन्त्री लालबाबु राउत विकास विरोधी तथा उद्योग कलकारखाना विरोधी रहेको बताएका हुन् ।

आइतबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेश २ का सरकारले जनकपुर चुरोट कारखानालाई कब्जा गर्न लागेको आरोप लगाए । संघीय सरकारले बन्द रहेको जनकपुर चुुरोट कारखाना संचालन गर्ने तयारी गरिरहेको बेला प्रदेश सरकारले उद्योग तथा उद्योगका भवनहरु कब्जा गरि उद्योग संचालन हुन नदिने चलखेल तथा षड्यन्त्रमा लागेको आरोप लगाए । चुरोट कारखाना पुनः सञ्चालन गर्ने आन्तरिक कार्य चलिरहेकै बेला संघीय सरकारको परामर्श बिना कारखानाको बोर्ड समेत हटाइ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थापना गरेको प्रति मन्त्री यादवले असन्तुष्टि जनाए ।

जनकपुर चुरोट कारखाना हटाउने अधिकार प्रदेश सरकारको नभएपनि प्रदेश सरकारले मनोमानी रुपमा आफ्नो कार्यालय विस्तार गरेको बताए । जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालन गर्न चिनका ३ वटा र २ वटा भारतीय लगानीकर्ता समेत कारखानालाई हेर्न आएको मन्त्री यादवले बताए । प्रदेश सरकारको बोली र व्यवहारको ठेगान नरहेको आरोप लगाउदै मन्त्री यादवले प्रदेश सरकार विकास तथा समृद्धिप्रति प्रतिबद्ध नभएको बताए । मन्त्री यादवले मुख्यमन्त्री राउतलाई जचुकाली सञ्चालनका लागि वातावरण बनाउन आग्रह गर्दै मुख्यमन्त्रीको कार्यालयले विस्तार गरेको क्षेत्र हटाउन आग्रह गरिएको बताए ।

उनले सरसल्लाह अनुसार नै प्रदेश मन्त्रालयको कामकाज गर्न भने पनि जचुकाली सञ्चालनमा अवरोध नगर्न पहिला पनि भनेको पत्रकार सम्मेलनमा जानकारी दिदै यादवले भने,-‘तर मुख्यमन्त्री राउतले त जचुकाली सञ्चालनका बारेमा गम्भीर नभइ पहिला विरगंजस्थित चिनी मिल सञ्चालन गरेर देखाउन पो भन्छन् । जबकी सरकारले बन्द कारखाना तथा उद्योग सञ्चालनका लागि नीति ल्याउदै गरेका बेला यसरी मुख्यमन्त्री राउतले बोल्नु मधेश आन्दोलनको भावना विपरित छ ।’ जचुकालीलाई पब्लिक–प्राईभेट पार्टनरसीप अनुसार चलाउने तयारी स्वरुप विभिन्न छलफल भइरहेको मन्त्री यादवले जानकारी दिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here