समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


महोत्तरी,२६ माघ ।

केहि दिनको मौसम परिवर्तनसंगै भएको छिटपुट वर्षाले महोत्तरी हिलाम्य भएको छ ।
जिल्लाका अधिकांश अधिकांश भित्री तथा मुख्य सडकहरु निर्माणको क्रममा रहेपनि निर्माण व्यवसायीहरुको ढिलासुस्तीले सडकहरु हिल्लाम्य भएको हो ।

जिल्ला प्रसासन कार्यालय,जिल्ला समन्वय समिति,राजनितिक दल लगायतको संयुक्त अनुगमन टोलीको पटक पटकको अनुगमन र निर्देशन पश्चात समेत सडक निर्माणमा तिव्रता नआउदा स्थानिय तथा यात्रुहरुको विजोग भएको छ ।


सदरमुकाम जलेश्वर र जलेश्वरकै सुगा,मलिवारा,खैरा,महादेवपटटी,नैन्ही लगायतका वस्तीहरुसम्म पुग्न हिलोमै पौडी खेल्नु पर्ने अवस्था आएको छ भने सदरमुकाम जोड्ने सडकहरु जनकपुर जलेश्वर भिठामोड हुलाकी सडक,जलेश्वर मनरा हुदै हुलाकी कै हरदीसम्मको सडक,जलेश्वर बर्दिवास सडक,जनकपुर भ्रमरपुरा पडौल सडक लगायतका जिल्लाका दर्जन भन्दा वढी मुख्य सडकहरुको अवस्था हिलोले दयनिय भएको छ भने यात्रीहरु सास्ती भोग्न बाध्य भएका छन ।


सडकमै हिलोले दुई देखि ३ फिटसम्मको खाल्डो हुदा सवारी साधन फस्ने गरेको तथा मुख्य सडकहरु समय समयमा बन्द भैरहेको अवस्था छ । यता जनप्रतिनिधीहरुले विकास निर्माणमा सकारात्मक पहल गर्न नसकेको गुनासो स्थानियहरुको छ । जलेश्वर नगरपालिका वडा नं. ५ निवासी नविन चौधरीले कहिले धुलो त कहिले हिलो नै महोत्तरीका आम नागरिकको भाग्यमा लेखेको बताउछन । उनी आफ्नै वडाबाट जलेश्वर बाजार पुग्न नै हम्मे हम्मे पर्ने गरेको र कपडा तथा मोटरसाईकल समेत जुडशितल खेले झै हिलोले पोतिने गरिएको बताउछन ।

हिलाम्य सडकमा सवारी चलाउदा दर्जनौ सवारी साधन लडेर यात्रीहरु समेत घाईते हुने क्रम बढेको छ । जलेश्वर अस्पतालमै दर्जनौ यात्रीहरु चोट पटक लागेर सामान्य उपचारको लागि पुगिसकेको जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here