समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


महोत्तरी, ३ पुस ।

महोत्तरीको बर्दिबासमा एक १४ बर्षिया बालिका बलात्कारको सिकार भएकी छिन् । महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ४ की १४ बर्षिया बालिकालाई आईतवार राति एक युवकले जङगलमा लगेर बलत्कार गरेको रहस्य सार्वजनिक भएको हो ।

पीडित बालिकाको बयानको आधारमा जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका रविशंकर क्याप्छाकी मगरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

पक्राउ परेका मगरलाई जवरजस्ती करणाी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गाउँकै स्कुलमा कक्षा ८ मा अध्ययनरत बालिकाको प्रेम सम्बन्ध रहदै आएकोमा शनिबार साँझ युवकले फकाएर लगेका थिए ।

विवाह गर्ने प्रलोभन फकाएर राति जंगलमा लगेको तथा बलत्कार गरी युवक फरार रहेकोमा स्थानीयले पक्राउ गरी प्रहरीकोमा बुझाएको प्रदेश २ विश्वकर्मा समाजका अध्यक्ष मिन रहपालले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तलाई जवरजस्ती करणाी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जनाएको छ । जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here