समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



महोत्तरी । महोत्तरीमा आज एक युवकको बेवारिसे शव फेला परेको छ । रातो नदिमा तैरिरहेको अवस्थामा शव बरामद भएको छ ।

शव बिहान स्थानीयहरुले देखेर प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको छ ।

अन्दाजी २५ वर्षीय युवाको शव भेटिएको हो । जलेश्वर नगरपालिका–७ को बखरी बेलाको सीमास्थित रातो नदिमा शव मधेशी मुलको भएपनि पहिचान भने खुल्न सकेको छैन ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले शवको पोष्टमार्टमपछि मात्र बास्तविकता थाहा हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here