समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बारा, १८ पुस ।
नेपालमा अन्तराष्ट्रिय टोपी दिवस मंगलबार मनाउँदै गर्दा बाराको सदरमुकाम कलैयामा भने धोती दिवस मनाइएको छ । पहाडी समुदायका व्यक्तिले टोपी लगाएर टोपी दिवस मनाए भने मधेसी समुदायका व्यक्तिले धोती, कुर्ता र गम्छा लगाएर धोती दिवस मनाए ।

कलैयामा मधेसी समुदायका व्यक्तिहरुले धोती, कुर्ता, गम्छा लगाएर नगर परिक्रमा गरेका थिए । उनीहरुले धोती दिवस जिन्दावाद, धोतीबीचको एकता जिन्दावादलगायतका नारा लगाउँर्दै याली निकालेका छन् ।

मधेसी समुदायको पहिचानका लागि अंग्रेजी बर्षको जनवरी १ का दिन धोती दिवस मनाउने भन्दै धोती दिवस मनाएर्को यालीमा सहभागी राष्ट्रिय जनता पार्टी नेपाका केन्द्रिय सदस्य श्याम गुप्ताले बताए ।

र्यालीमा राजपा नेपाल बाराका प्रबक्ता अरुण सिंह, केन्द्रिय सदस्य मदन यादव, जिल्ला अध्यक्ष मंडलका सदस्य महेन्द्र मंडल, जिल्ला सदस्य जितेन्द्र मंडल, रमेश सास्त्री, नगर अध्यक्ष बिनोद यादव, कुमार यादव, व्यवसायीहरु मनिष बर्मा, गुदु साह, अरुन साह लगायतको सहभागिता रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here