समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


घनश्याम मिश्र

जनकपुरधाम । २०७२ शालमा संबिधान जारी गरेर एउटा खुड़किलो पार गरेको पूर्व प्रधानमन्त्री बाबुराम भटराईले बताएका छन् ।

जनकपुरमा आयोजित एक अन्तक्रिया कार्यक्रममा भट्टराईले त्यति बेला संबिधान जारी त गरियो तर त्यो समयमा आपाङ्ग संबिधान बनेको प्रतिक्रिया दिएका छन । उनले अब त्यो संबिधान संशोधन गरी अगाडि जानु पर्छ भन्दै त्यति बेला संबिधान जारी न गरेको भए संबिधान सभानै बिगठन हुने सम्भावना रहेकोले गर्दा आफुले संबिधान जारी गरेको बताएका छन् ।

उनले आफु त्यति बेलानै संबिधान आधी गिलास भरेको उदाहारण दिएको स्मरण समेत गराए । जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा आयोजित एक अन्तक्रियामा बोल्दै नेता भट्टराईले यो सरकारलाई जनताले दुइ तिहाई दियो तर यो सरकार कुनै क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न नसकेको भट्टराई माथि भट्टराई खनिए ।

वर्तमान सरकार प्रति कड़ा प्रहर गर्दै उनले ‘देशमा सत्तामा भएकाहरु आफ्नो आसे–पासेहरुलाई नै अहिले लुट्न दिएको छ । जनताको भावनालाइ यो सरकारले संबोधन गर्न न सकेका तर्क उनले गरे ।

अब अधिकार प्राप्तिको लागि सबै सकारत्मक शक्ति एक ठाँऊ आउनु पर्ने जिकिर गर्दै जनताको भवनालाइ सम्बोधन गर्ने विचार मिल्नेहरु अब एक ठाऊ आउनु पर्छ, र यो सम्भव रहेको समेत उनले दावी गरे ।

एक अलग प्रसङ्गमा नेता भटराईले मधेशमा जनताले निरन्तर लोकतन्त्रको लागि लडेको भन्दै प्रशंसा गरे। उनले विचार र ज्ञानको लहर पनि यहिँबाट गएको जिकिर गरेका छन् ।

अब यहाँका बासिन्दाले मात्र मधेशको बारेमा सोचेर हुँदैन, यहाँ मानव जातिको समस्यहरु बारे पनि सोच्नु पर्ने सल्लाह दिए । ‘देशको विधमान राजनीति परिस्थिति र संबिधान संसोधनको सवाल बिषयक अन्तक्रियामा प्रमुख अतिथिको आसनवाट बोल्दै नेता भट्टराईले अव सबैको नेतृत्व मधेसीले नै गर्नु पर्ने र बैकल्पिक शक्तिको रुपमा पनि सबै मिलेर जानु पर्ने तर्क अघि सारे । सरकारलाई फोहर समुन्द्रको संज्ञा दिदै भट्टराईले भने, ‘यो सरकारले आफ्नो लक्ष्य अनुरूप कुनै कार्य गर्न सकेको छैन ।’ देहमा व्यापार घाटा छ, रोजगारीमा कुनै प्रगति छैन, आर्थिक क्षेत्रमा समेत यो सरकार विफल भएको छ, सुशासनको क्षेत्रमा समेत यो सरकार फेल रहेको समेत आरोप लगाएका छन् ।

संबिधानमा अधिकार दियो तर व्यवहारमा लागु गर्न दिएन यो सरकारले भन्दै उनले आक्रोश व्यक्त गरे । नेता भटराईले संघ सरकार जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई प्रदेशका मुख्यमन्त्रीलाई बढी शक्तिशाली बनाउन खोजेको आरोप लगाए ।

सीके राउतलाई समेत उतिबेला नै बोलाएर हामी छलफल गार्दा आफुमाथि बिदेशी दलाल भनेर आरोप लगाईयो तर आज गुपचुप ढङ्गले केपी शर्मा ओलिले राउतलाई ल्याउदा के गर्न खोजेको भनि प्रश्न गरे । सरकारले जसरी सीके राउतलाइ ल्याए त्यसरी नै त्यस्तै व्यवहार रेशम चौधरीलाइ किन गरेन । रेशम चौधरीलाई सरकारले सौता व्यवहार किन गरियो ? प्रधानमन्त्री सँथ प्रश्न गर्दै उनले भने, ‘विप्लवलाइ’ कुन संबिधान अन्तर्गतको को कुन धाराले बैंड लगाउन भनेको छ भनि सरकारलाई प्रश्न गर्दै भट्टराईले भने, ‘अहिलेको सरकार सबै शक्ति र अधिकार आफु अनुकुल बनाउँन खोजेको आरोप लगाएका छन ।

उनले राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत रहेको नेपाली सेनालाई समेत यो सरकार आफु मातहत ल्याउन खोजेको आरोप समेत लगाए । अव जनताले नयाँ ढंगबाट सोच्नु पर्ने बेला आएको जिकिर गर्दै उनले भने, ‘अव हामी यो सरकार विरुद्ध एक जुट भएर जानु पर्छ ।’कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले आफू र आफ्नो पार्टीले सधै यो संबिधान संशोधनको पक्षमा रहेको बताए ।
नयाँ शक्ति नेपाल प्रदेश २ समितिले आयोजन गरेको अन्तक्रियामा कांग्रेस नेता ढुंगानाले नेपाली काँग्रेस लोकतन्त्रको लागि प्रजातन्त्रको लागि राणा र राजा दुबै सँग लड़े अव यो अधिनायकवाद सरकारसँग पनि लड़ने र लोकतन्त्रको रक्षा गर्ने चेतावनी दिएका छन ।

देशमा गणतन्त्र र संघीयताको रहने वा नरहने चिन्ता जनतामा व्याप्त रहेको महिला नेत्री रेणु यादब चिन्ता व्यक्त गरेकी छीन् । यादवले देशमा व्याप्त भ्रष्टचारमा यो सरकार चुरलूमम डुबेको बताईन । संघीय समाजवादी फोरम नेपाल नेपालकी नेत्री यादवले वर्तमान संघीय सरकार प्रदेश सरकालाइ पंगु बनाउँन लागि परेको आक्रोश व्यक्त गरिन । यो संघीयतामा माथि खतरा छ नेत्री यादवले भनिन, ‘यो देशमा अख्तियारले सानो माछा मात्र समातेको छ ।’ यादवले भनिन, ‘ठूला माछालाई अख्तियारले किन समात्न नसकको ? उनले भनिन,’भन्न नहुने ‘तर देशमा न्यायपालिका समेत विक्री भई सकेको आरोप लगाउदै न्यायधीशमाथि खनिएकी थिइन ।

उनले ‘यो सरकार सीडीओको भरमा वंसजको नागतिक्ता दिन लगेको हास्यस्पद रहेको जिकिर गर्दै संबिधानमा ग्यारेन्टी न हुन्जेल यो सरकारको नाटक मात्र भएको र सरकारले जहिले चाहे त्यो बंद गरीदिन सक्ने प्रति आक्रोश व्यक्त गरीन् ।

संबिधानमा ससंसोधन गÞरी प्रत्यक्ष राष्ट्रपति जनताको मतबाट राष्ट्रपति चुनिनु पर्ने तर्क गरीन । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र सुनिश्चित गरिनुपर्छ संबिधान संसोधन गÞरी नेत्री यादबको तर्क छ । सरकारमा हामि संबिधान संसोधन गर्ने सहमति अनुरूप नै सरकार रहेको’ नेत्री यादबले स्पस्टिकरण दिदै भनिन, ‘अव हामीले पनि आफ्नो पार्टीका अध्यक्षलाई दवाव दिन सुरु गÞरी सकेको र अव संबिधान संसोधन नभए धेरै दिन सरकारमा बसी राख्न मिल्दैन स्पस्ट पारिन । ‘देशको विधमान राजनीतिक परिस्थिति र संबिधान संशोधनको सवाल’ विषयक अन्तक्रियामा भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले जनताको भावना अनुकूल अहिलेको सरकार काम गर्न नसकेको संघीय सरकारमाथि प्रश्न गर्दै भौतिक पूर्वाधार विकाश मंन्त्री जितेन्द्र सोनलले भने, ‘यो सरकार सँग न संचार खुश छ, न किशान खुश छ न डाक्टर खुश छ ।’ यो कस्तो सरकार हो प्रतिप्रश्न गर्दै सोनलले वर्तमान सरकार सर्वासत्तावाद लादन खोजेको आरोप लगाएका छन । यो सरकार लोकतंत्रवादी सरकार न भएको जिकिर गर्दै लोकतन्त्रको प्रमुख पिलरलाई यो सरकार आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न लागेको आक्रोश व्यक्त गरे । यो देशमा अहिलेको संबिधान कोढ़ी संबिधान रहेको समेत बताए ।

उनले भने बाबुराम भट्टराई चाहेको भए यो संबिधान आउने नै थिएन भन्दै सोनलले देशको संबिधान स्वामित्व ग्रहण यथास्थितिमा गर्न सक्ने अवस्था नरहेको सोनलले तर्क गरे । एउटा ठुलो जमात छ जसले यो संबिधान स्वीकार नगरेको मन्त्री सोनलले आक्रोश व्यक्त गर्दै भने, ’वर्तमान सरकारले संवृद्धिको लागि शांति र शांतिको लागि विभेदलाइ अन्त्य गर्नुपर्ने हुन्छ ।’ अहिले सिंहदरवारमा रहेकाहरु संघीयता समाप्त गर्न लागि परेको आरोप लगाउदै संबिधान संशोधन गरेर यो सरकारले देशमा मार्ग प्रसस्त गर्नुपर्ने सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here