समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राजेश सक्सेना

जनकपुरधाम, १४ माघ ।

धनुषाको शहिदनगर नगरपालिकामा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत मदिरारहित समाज निर्माणका लागि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

शहिदनगर नगरपालिका वडा नं. ४ स्थित गठित “समुदाय-प्रहरी वडा समिति” को आयोजना तथा सामुदायिक सुधार केन्द्र धनुषाको सहकार्यमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत “सुख शान्ति समृद्धिको लागी जाँडरक्सी विरुद्धको अभियान, मदिरा छोडौं घरेलु हिंसा बन्द गरौं, मदिरा छोडौं जिवन बचाऔं, मदिरा सेवन घटाऔं आयु बढाऔं” मुल नाराका साथ अन्तरक्रिया सम्पन्न भएको हो ।

शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरियाको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रमको क्रममा र्‍याली पनि निकालिएको थियो । कार्यक्रममा मेयर बरबरियाले “समुदाय-प्रहरी साझेदारी” कार्यक्रमलाई निरन्तर रुपमा प्रभावकारि रूपमा बढाउदै लेजानुपर्नेमा जोड दिए ।


कार्यक्रममा उपमेयर शिलादेवि कापर, ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक भीम बहादुर खड्का समेतको प्रहरी टोलिको उपस्थितिमा वडाध्यक्ष, स्थानिय प्रतिनिधि, समितिका पदाधिकारीहरु, नागरिक समाज, वुद्धिजीवी, स्थानिय बिद्यालयका विद्यार्थीहरुको समेत सहभागीता थियो ।

कार्यक्रममा मदिरा मुक्त समाज निर्माण गर्ने अठोट लिइएको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here