समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रबिन्द्र यादव

नवलपरासी पश्चिम , सुस्ता, १३ फागुन ।

नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीले मदारबाबा मेला आएका भक्तजनहरुलाई पानी खुवाएको छ । मेलामा आएका भक्तजनहरु मदारिया डाँडाको साढे नौ किलोमिटरमा रहेको मदारबाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्न पहाड चढने क्रममा संघले तिर्खाका भक्तजनहरुलाई निशुल्क रुपमा सेवा गर्ने उद्देश्यले मिनरल वाटर पानी खुवाउदै गरेको छ ।

यहि फागुन १२ गते आईतबार देखि जिल्लाको सुस्ता गाउँपालिका २ महलबारीमा शुरु भएको मदारबाबा मेलामा तिर्खाएका भक्तजनहरुलाई पानी खुवाई सहयोग गरेको संघका जिल्ला अध्यक्ष करिम खानले जानकारी दिए । अहिलेसम्म २ हजार भन्दा बढि पानीको बोतल वितरण भइसकेको एक सदस्यले जानकारी दिए ।

मेलामा संघका उपाध्यक्ष बद्रि आलम, सचिव आलम खान, सह–सचिव मौलाना सिद्दिक अंसारी, क्षेत्रिय सभापति सफिउल्लाह अंसारी सहित जिल्ला कार्यसमिति सदस्यहरु पानीको स्टल राखी तिर्खाका भक्तजनहरुलाई पानी खुवाई सहयोग गरेका हुन् । साथै स्थानिय युवा क्लबका सदस्यहरुले पनि सहयोग गरि रहेको खाले बताए ।

बर्षेनी कुतुबल मदार शाह दरगाह कमेटीले संचालन गर्दै आएको उक्त मेलामा नेपाल भारतको विभिन्न ठाउँबाट श्रद्धालुहरु आ–आफनो मनोकामना लिएर मेलामा आउने गरेका छन् । मेलामा मनोकामना लिएर आउने श्रद्धालुको मनोकामना पुरा हुने र दुखियाको दुख हरन हुने श्रद्धालुहरुमा विश्वास रही आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here