समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरमा आइतबार विहान भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट एक वृद्ध घाइते भएका छन्। महोत्तरी भ्रमरपुरा ७ का ६० बर्से रामनारायण यादवलाइ बीआर३२ पीए ३३५९ नम्बरको भारतीय सेतो रंगको स्कार्पियोले जनकपुर ७ स्थित वशिष्ठ चोकमा ठक्कर दिएको छ।

यादव साइकलमा राखेर दूध बेच्न जाँदै थिए। उनलाई स्कर्पियोले पछाडिबाट ठक्कर दिएको हो। जनकपुरको जिरो माइलबाट पश्चिम रामानन्द चोक जाने बाटोमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेको स्कर्पियोले ठक्कर दिएर चालक भागेका थिए। घाइते यादवालाई उपचारारार्थ अस्पताल लगिएको छ। घटनापछि लुकेर बसेका चालकलाई प्रहरीले स्थानीयको रोहवरमा समातेको थियो।

चालकलाई जिरो माइलस्थित प्रहरी चौकीमा राखी आवश्यक अनुसन्धान थालिएको जिरो माइल प्रहरी चौकी इन्जार्ज चन्दन सिंहले बताए। घाइते यादवको टाउको, खुट्टा र हातमा गम्भीर चोट लागेको छ भने साइकल पूर्ण रुपमा क्षति भएको छ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here