समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


एजेन्सी

भारतले मंगलबार बिहान नियन्त्रण रेखा उल्लंघनको विषयमा पाकिस्तानका इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आइएरपीआर) का महानिर्देशक मेजर जनरल आसिफ घाफोरले मंगलबार बेलुकी पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

‘आज प्रधानमन्त्रीले सबैलाई प्रत्येक परिणामका लागि तयार हुन भनेका छन् । हामी तयार छौं । अब भारतले हाम्रो प्रतिक्रिया कुनुपर्ने समय आएको छ,’ उनले भने ।
‘नागरिक सैन्य नेतृत्वले निर्णय गरेपछि कहिले र कहाँ प्रतिक्रिया दिने भन्ने कुराको निर्क्यौल हुन्छ,’ उनले भने ।

‘हामीले भारतबारे पर्दाफास गरिसकेका छौं र भारतले के चाहन्छ भनेर संसारलाई अवगत गराउन हामी पटक–पटक यस्तो गरिरहने छौं ।’

तत्काल प्रतिक्रियाः

महानिर्देशक आसिफले भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानस्थित जैश–ए–मोहम्मदको सबैभन्दा ठूलो तालिम केन्द्रमाथि हमला गरेको दाबीको खण्डन गर्दै आफ्नो पत्रकार सम्मेलन सुरु गरे । ‘उनीहरुले पाकिस्तानी वायुक्षेत्रमा २१ मिनेटसम्म रहेर तीन सय ५० चरमपन्थीको हत्या गरेको दाबी गरिरहेका छन् । उनीहरुले दोस्रो हमला मुज्जफराबादमा र तेस्रो चाकोथीमा गरिएको दाबी गरिरहेका छन् । ’

‘अल्लाह सबैभन्दा महान हुन् । हामीले यस्ता ठूला दाबी गर्नु हुँदैन । एकपटक आउ र पाकिस्तानी वायुक्षेत्रमा २१ मिनेट बिताएर त देखाउ,’ मेजर जनरल आसिफले चुनौती दिए ।

‘हाम्रा थल सैनिक आ–आफ्नो स्थानमा थिए । यदि उनीहरुले जमिनमार्फत् आक्रमण गरेको भए हामीले बुनेको योजना उनीहरुले नराम्रोसँग भोग्नु पर्दथ्यो,’ उनले भने ।

‘हिजो राती, हामीले हाम्रो रडार नियालिरहेका थियौं । उनीहरु हाम्रो सीमा नजिकै त आए तर पार भने गरेनन् । हिजो राती उनीहरुको पहिलो उडान सियाल्कोट र लाहोर सीमामा देखिएको थियो । उनीहरु सीमा नजिकै आइरहेको देखिएका थिए । हाम्रा कम्ब्याट एयर पट्रोल (सिएपी) ले उनीहरुलाई चुनौती दिएपछि सीमा पार भने गर्न सकेनन् ।’
‘उनीहरुको समूहको सबैभन्दा भारी किरन भ्यालीमार्फत् मुज्जफरबादतर्फ नजिकियो । जब हाम्रो तेस्रो सिएपी समूहले चुनौती दियो, उनीहरुले नियन्त्रण रेखा पार गरिसकेका थिए ।’

‘उनीहरु सीमामा आउनु, चुनौती दिनु र फर्किनका लागि चार मिनेटको समय लागेको थियो,’ महानिर्देशक आसिफले भने ।
‘उनीहरुको सेनाले त्यस्तो केही पनि गरेन, यदि गरेको भएपनि हाम्रा सैनिक तयार थिए,’ उनले भने ।

‘कसैलाई केही भएको छैन’

‘उनीहरु यस्तो स्थानलाई टार्गेट बनाउन चाहन्थे जहाँ सर्वसाधारणको मृत्यु होस् । यसो गरेरे उनीहरुले आतंककारीको क्याम्पलाई टार्गेट बनाएको भनेर दाबी गर्न सक्थे ।’

‘यसो गर्दा उनीहरुले युद्ध भड्काउन सक्थे जसले उनीहरुको राजनीतिलाई फाइदा पुग्थ्यो । उनीहरु काश्मिरको ताङ्धारबाट प्रवेश गरे । उनीहरुलाई हाम्रो वायुसेनाले तत्काल र प्रभावकारी ढङ्गले चुनौती दिन सके । फर्कने क्रममा उनीहरुले चारवटा बम बालाकोटको जाब्बामा खसाले ।’

‘थल सेनाको काम भनेको केही खसेको छ छैन भनेर हेर्नु हो । जब भारतीय विमान फर्कियो तब हामीले लाइन अफ कम्युनिकेशनमार्फत अनुसन्धान गर्दा त्यहाँ उनीहरुले निर्धारण गरेको कुनै पनि स्थानमा बम बिस्फोट भएको थिएन ’

भारतीय मिडियाले तीन सय ५० चरमपन्थीको हत्या गरिएको दाबीमा मेजर जनरल आसिफले भने, ‘मैले तपाईंहरु (पत्रकार) सबैलाई उक्त स्थलमा लैजाने उद्देश्यसहित बोलाएको थिएँ तर दुर्भाग्यवश, खराब मौसमका कारण मेरो योजना सफल हुन सकेन ।’

‘तर त्यहाँका स्थानीय मिडियाले त्यहाँ एउटा पनि इट्टा नभएको जानकारी दिएका छन् । उनीहरुले तीन सय ५० चरमपन्थीको हत्या गरेको दाबी गरेका छन् । यसमा म भन्छु कि यदि उनीहरुले १० जना मात्र मारेको भएपछि उनीहरुको शव, उनीहरुको आफन्त, अन्तिम संस्कार, रगत लगायतका विभिन्न कुरा त देखिन्थ्यो होला नि । उक्त स्थान सबैका लागि खुल्ला छ, त्यहाँ सबै गएर हेर्न सक्नुहुन्छ ।’

‘भारतका सर्वसाधारण र आर्मी पनि पाकिस्तानमा आधिकारिक रुपमा प्रवेश गरेर अवलोकन गर्न सक्छन् । तपाईंहरु आफै आउनुहोस् र फर्केर आफ्ना प्रधानमन्त्रीलाई जानकारी दिनुहोस्,’ उनले भने ।

एएफपीका अनुसार पाकिस्तानी आर्मीले पत्रकारलाई स्कटिङ गरेर भारतले अन्तिम पटक चारवटा बम खसालेको स्थानमा लगेका थिए ।

एएफपी पत्रकारका अनुसार उनीहरुले त्यहाँ लगभग सात फिट गहिरो खाडल देखे । त्यहाँ उनीहरुले दुईवटा रुख बीचबाट भाँच्चिएको पनि देखे । त्यहाँ नजिकै तीनवटा माटोका घर थिए जसमध्ये एउटा घरको पर्खाल भत्किएको पाए ।

‘वेट फर आवर सरप्राइज’

‘तपाईंहरु सबैले उनीहरुको पहिलो ‘सर्जिकल स्ट्राइक’ देख्नुभयो नि । मैले उनीहरु (भारत) लाई भनिसकेको छु कि तिमीहरुले हामीलाई कहिले पनि चकित पार्न सक्दैनौं । हामी कहिले पनि ‘सरप्राइज्ड’ भएनौं । हामी त्यसको लागि तयार थियौं, हामीले उनीहरुलाई यही भन्यौं,’ उनले भने ।

‘मैले उनीहरुलाई भने कि अब हामीले तिमीलाई चकित पार्नेछौं । अब हाम्रो सरप्राइजका लागि पर्ख । मैले उनीहरुलाई भनेँ कि हाम्रो प्रतिक्रिया फरक हुनेछ । हामी लोकतन्त्रवादी हौं । तिमीहरुले पुष्टि गरिसकेका छौ कि तिमीहरु लोकतन्त्रवादी होइनौं । तिमीहरुले शान्ति र स्थायित्वको परिणाम थाहा नपाएर युद्धको बाटो रोज्यौं । हामीले यो शान्तिका लागि ५० वर्ष लडिसकेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here