समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, ३ चैत ।

भारतबाट भन्सार छलेर ल्याइरहेको अवस्थामा सातवटा भैसीसहित चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतबाट भन्सार छली ल्याइरहेको ६ वटा भैंसी र एउटा पाडीसहित चारजनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुलाई कालिकामाई गाउँपालिकाको वडा नम्बर-२ भेडिहारी टोलबाट शनिबार राति भैसीसहित पक्राउ गरेको पर्सा प्रहरीले जानकारी दिएको छ।

अवैध भैसी सहित प्रहरीले पोखरिया नगरपालिका वडा नम्बर ४ का ४३ बर्षिय हिरालाल साह, नबि हुसेन मिँया, फूलमान मियाँ, पकहा मैनपुर गाउँपालिका वडा नम्बर ४ का ३० बर्षीय सम्साद मियाँलाई पक्राउ गरेको हो।

भैसीसहित परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। भारतबाट तस्करहरुले अवैध रुपमा राजश्व छलेर भित्र्याएका भैसी उनीहरुले परवानीपुर, जितपुरमा लाग्ने गरेको पाडा बजारहरुमा ल्याएर बेच्ने गरेका छन।

यसैगरी प्रहरीले ५ बोरा केराउसहित अवैध सामान बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वाबाट तस्करी गर्न लागिएको ५ बोरा केराउ, ३ काटुन तेल र लत्ताकपडाहरु बरामद गरेको छ।

बरामद गरिएका उक्त सामानहरुको मुल्य १ लाख १५ हजार पर्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद गरिएको सामानहरुलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here