समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २९ पुस ।

संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरीयाले भारतीय नम्बर प्लेटको गाडीको छुटपुर्जीको अविलम्व व्यवस्था गर्न सरकार सँग माग गरेका छन् । उनले ग्रामीण क्षेत्र भन्दा भन्सार कार्यालयको दुरी बढी भएको र सो कारणले विकट क्षेत्रमा अकालमै धेरैले ज्यान गुमाउनु परेकोले तत्काल २४ घण्टाका लागि भन्सारमा छुटपुर्जीको व्यवस्था गर्न माग गरे ।

आईतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य समेत रहेका धनुषा क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद अरगरीयाले यस्तो माग गरेका हुन् । उनले भन्सार कार्यालय ग्रामीण क्षेत्र देखी ५० किलोमिटर तथा त्यो भन्दा पनि बढी दुरीमा रहेकोले समस्या सृजना भईरहेकोले तत्काल यस्तो व्यवस्था गर्न माग गरे ।

उनले धनुषामा निल गाईले समेत आतंक मच्चाईरहेकोले त्यसलाई समेत नियन्त्रण गर्न माग गरे । उनले निल गाईले बालीनाली नष्ट गरिरहेको तथा सर्वसाधारणलाई समेत आक्रमण गरिरहेकोले त्यसलाई अविलम्ब नियन्त्रण गर्न माग गरे ।

https://www.facebook.com/JanakpurTimes/videos/523143564829432/
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here