समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम । सरकारले आगामी वैशाख २ गते परेको सिरुवा पर्वका लागि सिरहासहित पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ ।

झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ बैशाख २ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो । गृह मन्त्रालयले सार्वजनिक विदा दिएको सूचना सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।

सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका थिए । तराईमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी) समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

२०७६ साल बैशाख १ गतेदेखि तीन दिन सम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here