समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २ पुस ।

गुठीको जग्गा बेचबिखन गरेको आरोपमा पक्राउ परेका जनकपुरस्थित रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास गधरौटीमा रिहा भएका छन् ।

गुठीको जग्गा अवैद्यानिक रुपले विक्री गरी फरार रहेको आरोपमा काठमाडौँबाट पक्राउ परेका महन्थ दास सोमबार १५ लाख धरौटीमा रिहा भएका हुन् । धनुषा जिल्ला अदालतले सोमबार उनीसँग १५ लाख रुपैयाँ धरौटी माग गरी रिहा गरेको हो ।

महन्थ दासलाई काठमाडौँको पुतली सडकस्थित तिरुपति होलि डे इन (गेस्ट हाउस) बाट महानगरीय प्रहरीे अपराध महाशाखाको विशेष टोलीले गत मँसिर ११ गते बुधबार बेलुका पक्राउ गरेको थियो ।

दासलाई पक्राउ गरेको भोलिपल्ट मँसिर १२ गते विहिबार जनकपुर ल्याइएको थियो । धनुषा जिल्ला अदालतमा सरकारी कागज किर्ते गरेको मुद्दामा उनलाई पेश गरिएको थियो । नेपाल सरकारबाट सरकारी वकिल तथा महन्थ दासको तर्फबाट वकिलले बहस गरेपछि उनको मुद्दामा सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरी रिहा गरेको हो ।

सरकारी कागज किर्ते अभियोगमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका उनी केही दिनअघिदेखि काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।राजनीतिक संरक्षणको खोजीमा उनी राजधानी गएका थिए ।

नक्कली लालपुर्जा र गुठी रसिद बनाई हजारीजनक विद्यापीठको २ बिघा १८ कट्ठा जग्गा अशोक शर्मा नाम गरेका व्यक्तिलाई बिक्री गरेका उनीविरुद्द सरकारी कागज किर्ते गरेको अभियोग लागेको छ ।

सोमबार चलेको थुनछेक बहस पश्चात उनलाई १५ लाख रुपैयाँ धरौटी माग गरेपछि सो बुझाउँदै उनलाई रिहा गरिएको हो । महन्थ दासका समर्थकहरुले रिहा भएपछि उनलाई फूलमाला लगाएर बधाई दिएका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here