समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जय प्रकाश मण्डल

जनकपुरधाम, १० माघ ।
हँसपुर नगरपालिका अन्तर्गत एक सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ३ का राष्ट्रिय आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यार्थीहरुलाई नियमित विद्यालय जान सहज होस भनेर गरिब तथा जेहेन्दार विद्यार्थीको लागि शैक्षिक सामग्री वितरण गरेको थियो । विद्यार्थीहरुलाई पोशाक, टाई र बल्ट सहितका शैक्षिक सामग्री वितरण गर्दै हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलले यसरी शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थीलाई हौसला मिल्ने तथा गुणस्तरिय शिक्षा आजको आवश्यकता भएकाले गुणस्तरिय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावक समेत सचेत र जागरुक हुन जरुरी रहेको बताए ।

उनले आर्थिक अभावमा कोही पनि विद्यार्थी शिक्षा क्षेत्रबाट बाहिर रहन नपरोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको बताए । विद्यालयका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उदय कुमार सिहंको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अगुवाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै विद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरुलाई प्रमाणपत्र समेत मेयर मण्डलले प्रदान गरेका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here