आँधी पिडितकाे घर–घरमा बाँडे राहत

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । विनाशकारी हावाहुरीले घरवारविहिन बाराको पिडितहरुलाई जनकपुरका समाजसेवीहरुको टोली मध्यरातमा घरघरमा पुगेर समस्या बुझदै राहत वितरण गरेका छन ।

असहाय संरक्षण मंच जनकपुरधामका अध्यक्ष समेत रहेका समाजसेवी बैद्यनाथ साहको नेतृत्वमा गएका २२ जनाको टोलीले करिव अढाई लाख बरावरको झुल, म्याट, त्रिपाल, साडी, च्युरा, मुरही, फलफुल, विस्कुट, नुन, सख्खरलगायतको खाद्यान्न सामाग्री वितरण गरेका छन ।

हावाहुरी पिडितका लागि घटनास्थलमा निकै आवश्यकता महसुस गरिएको त्रिपाबल १०१ थान, झुल ७५ थान, म्याट १५० थान वास्तविक पिडितको घर घरमै पुगेरै टोलीले वितरण गरेका छन ।

बारा जिल्लाको खुटटा प्रसौनी गाउँपालिका वाडा नम्बर ४ का पिडितहरुको घरदैलो र फेटा गाउँपालिका वाडा नम्बर १ स्थित अति प्रभावित टोलमा राहत वितरण गरिएको हो ।

मंगलवार बेलुका ८ बजेदेखि राति २ बजेसम्म पिडितहरुको घरदैलोमै पुगेर राहत वितरण गरेका छन ।

राहत पाएपछि स्थानियहरु भने खुशी भएका थिए । यसरी रातिको समयमा आएर सुत्नको लागि समस्या भएको अवस्थामा त्रिपाल, झुल र म्याट उपलब्ध गराउनु सराहनिय काम भएको फेटा गाउँपालिका वाडा नम्बर १ का वाडा अध्यक्ष जयप्रकाश दासले बताए ।

जनकपुरबाट बैद्यनाथ साहको टोलीमा सरसफाई अभियानी दिपक ठाकुर, सामाजिक अभियन्ता दिपेन्द्र सिंह, शैलेन्द्र महतो, बद्रिनाथ झा, उग्रनाथ झा, न्यु ब्युरोका प्रधानसम्पाक काशिन्द्र शर्मा, विनय यादव लगायत समाजसेवी इन्दु साह, रेणु साहलगायतको सहभागिता रहेको थियो ।

समाजसेवी साहले फेटा गाउँपालिका वाडा नम्वरका मृतक २ परिवारलाई ५ हजार १ सयको दरले तत्कालै काजक्रियाको लागि खर्च वापतप्रदान गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here