समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिड्नी ।बारा र पर्सामा अाएकाे विनाशकारी अाँधीमा ज्यान गुमाएकाहरुकाे सम्झनामा तराई टाइगर्स स्पाेर्टस क्लबले सिड्नीमा श्रध्दाञ्जलि सभाकाे अायाेजना गरेकाे छ ।

सिड्नीकाे एसफिल्ड पार्कमा अायाेजना गरिएकाे श्रध्दाञ्जलि सभामा मृतकहरुकाे अात्माकाे शान्तिकाे लागि दिप प्रज्वलन गरि एक मिनेट माैनधारण गरिएकाे थियाे । साथै अाँधीमा घाईते भएकाहरु शिघ्र स्वास्थ्य लाभकाे कामना गरिएकाे थियाे ।

उक्त श्रध्दाञ्जलि सभामा बारा र पर्साकाे लागि सहयाेग र राहतकाे लागि चन्दा समेत संकलन गरिएकाे अायाेजक तथा तराई टाईगर्स स्पाेर्टस क्लबका अध्यक्ष नितिश गुप्ताले जनाए । संकलन गरिएकाे रकम एशाेसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया एन्टा मार्फत अाँधि पिडित समक्ष पुर्याउने पनि अध्यक्ष नितिश गुप्ताले बताए । संकलित रकम अध्यक्ष गुप्ताले एन्टा अध्यक्ष अरुण कुमार ठाकुरलाई हस्तान्तरण गरेका थिए ।

श्रध्दाञ्जलि सभामा तराई टाइगर्स स्पाेर्टस क्लबका संरक्षक सुवान्स साह लगायत अन्य पदाधिकारीहरु तथा एन्टाका पदाधिकारी लगायत ५० जना भन्दा बढीकाे उपस्थिति रहेकाे थियाे ।

गत अाईतबार साझ बारा र पर्सामा अाएकाे विनाशकारी अाँधीमा परि ३० जनाकाे मृत्यु भएकाे थियाे भने करिब ५०० भन्दा बढी घाईते भएका थिए ।

उहाँ जनकपुर टाईम्सको सिड्नी (अष्ट्रेलिया) संवाद्दाता हुनुहुन्छ । हाल उहाँ अष्ट्रेलियामा हुनुहुन्छ र जनकपुर टाईम्सको संवाद्दाताको रुपमा काम गर्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here