समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १२ माघ ।

बाराका सिडियो (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरीका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको छ भने सिडियो भट्टराई गम्भीर घाइते भएका छन् ।


दुर्घटनाग्रस्त गाडी

बाराको कलैयाबाट निजगढ जाने क्रममा सिडियो र एसपी सवार बा. १ झ. १६३३ नम्बरकाे गाडी दुर्घटना भएको छ । कलैयाबाट निजगढ गइरहेको बेला हाईवेमा राेकिराखेकाे ट्याक्टरसँग ठोक्किएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।


घाइते गणेश भट्टराई

बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको वीरगञ्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here