समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुटाइम्स डेस्क

जनकपुरधाम, १४;फागुन ।

पुर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिलानगरपालिकाको ढल्केवरमा बस र ट्रक एक आपसमा ठोकिदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ४९६ नम्बरको मकालु बस र बिपरिततफबाट आएका ना ६ ख ९४९६ नम्बरको ट्रक ढल्केवरको ट्राफिक प्रहरी कार्यालय अगाडि एक आपसमा राती २ बजे ठोकिएको हो ।

दुर्घटनामा परि बसमा सवार भारतको मोतिहारी जिल्लाका २५ बर्षिय उदेश ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वाडा नम्बर ५ बस्ने अन्दाजी ४५ बर्षिय शिवकला देवि मड्लको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

उपचारको लागि बाहिर लैजादै गर्दा लाहनमा मृत्यु भएकाले मृतखरुको शव लाहन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ९ जना घाइते भएको छ । घाइतेहरुको धरान र बिराटनगर पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here