समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


धेरै थाहा नहुन सक्छ , बलिउडका यी ५ चर्चित कलाकारहरु दाजु बहिनी हुन् । उनीहरु आफ्नै नजिकको दाजु बहिनी नभएपनि दाजु बहिनी भन्दा कम छैनन् । तर केही आफ्नै नजिकको दाजु बहिनी नै हुन् । आज त्यही बलिउडका दाजु बहिनी कलाकारको बारेमा कुरा गदै छौ । हेरौ को को हुन् ?

मोहनीश बहल र अभिनेत्री काजोल

मोहनीश बहल र अभिनेत्री काजोल

धेरैलाई थाहा नहुन सक्छ , चर्चित अभिनेता मोहनीश बहल र अभिनेत्री काजोलको वास्तविक जीवनमै दाजु बहिनीको हुन् । किनभने मोहनीशको माता नुतन र काजोलकी माता नातुजा दिदीबहिनी हुन् । जसले गर्दा उनीहरुको सम्बन्ध वास्तविक जीवनमा नै दाजुबहिनीको रहेको छ ।

अभिनेता इमरान हाशमी र आलिया भट्ट

अभिनेता इमरान हाशमी र आलिया भट्ट

बलिउडक चर्चित अभिनेता इमरान हाशमी र अभिनेत्री आलिया पनि दाजुबहिनी हुन् । किनभने आलियाका पिता महेश भट्ट इमरानका मामा भएकाले नाताले दाजुबहिनी पर्दछन् । तर धेरैलाई यो कुरा थाहा छैन् ।

सोनम कपुर र रणवीर सिंह

सोनम कपुर र रणवीर सिंह

गली ब्वाय रणवीर सिंह र अभिनेत्री सोनम कपुर पनि दाजुबहिनी हुन् । किनभने रणवीरकी हजुरआमा र सोनमकी हजुरआमा आफनै दिदि बहिनि हुन् । त्यसैले रणवीर र सोनम नाताले दाजुबहिनी हुन् ।

अर्जुन कपुर र कट्रिना कैफ

अर्जुन कपुर र कट्रिना कैफ

बलिउडका चर्चित अभिनेता अर्जुन कपुर र अभिनेत्री कट्रिना कैफ पनि दाजुबहिनी हुन् । एक जानकारीका अनुसार बलिउडका डेब्यू गर्दा देखि नै कट्रिनाले अर्जुनलाई दाईको रुपमा मान्दै आएकी छिन् । त्यसैले उनीहरु पनि मानिएका दाजुबहिनी हुन् । तर नाताले नजिकका दाजुबहिनी होइनन् ।

ऐश्वर्या राय र सोनु सुद

ऐश्वर्या राय र सोनु सुद

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय र अभिनेता र भिलेन दुवैको भूमिकाले चिनिएका सोनु सुद पनि मानिएका दाजुबहिनी हुन् । किनभने ऐश्वर्या राय र सोनु सुदले चलचित्र जोधा अकवरदेखि नै भाईबहिनी मानेका थिए । जो अहिले पनि भाइबहिनी नै मान्दछन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here