समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सुदिप कुमार शर्मा


बंगलादेश(ढाका) ।
बंगलादेशको ढाकास्थित शेरे बेङ्ला कृषि विश्वविद्यालय(SAU)मा गत राती दुई समूह बिच झडप भएको छ । झडपमा परी दर्जनौं घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

उत्तर समूह र माईमनसिंह समूह बिच बितेको राती ९ बजे देखि सामान्य भनाभनबाट सुरु भएको लफडा २ बजे राती उग्ररुप लिदै दुवै समूह बिच रड तथा ईटा हानाहान भएको थियो । झडपमा परि उत्तर समूहको आरिफ लाबीब मुमीमको अवस्था गम्भीर रहेको छ । टाउकोमा रडको गम्भीर प्रहारले गिद्दिमा रगत जमेको डाक्टरको भनाई छ । यता घाइतेहरुको उपचार सरबरदि मेडिकल कलेजमा भईरहेको छ ।

उत्तर समूहले विश्वविद्यालयमा रहेको बाङ्लादेशका सत्तारूढ दल अवामी लिगका भातृ संगठन बाङ्लादेश छात्रलिगका समिति भङ गर्ने उद्देश्य झगडा उत्पन्न गरेको छात्रलिगका नेताहरुकाे आरोप रहेको छ ।

झगडा कसरी र केका लागि भएको हो भने रहस्य अहिलेसम्म खुल्न सकेको छैन । यता घटनाको सत्यतथ्य पत्ता लगाई दोषी माथि कडा कारवाही गर्न विश्वविद्यालयका प्रशासनले छानबिन समिति गठन गरेको विश्वविद्यालयका सहायक उपकुलपति प्रा. डा. सिकिन्दर अलिले जानकारि दिए ।

साथै विश्वविद्यालयमा हुने सम्पूर्ण परिक्षा पनि स्थगित गरिएको छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here