समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा
प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका विजय यादव निर्वाचित भएका छन्।

प्रदेश कार्यसमितिका लागि भएको मतदानमा पूर्वउपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै यादव विजयी भएका हुन्। उनी केन्द्रीय कोषाध्यक्ष समेत थिए।

गए राति सम्पन्न मतगणना परिणामअनुसार विजय यादवले १८४ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी रेणु यादवले १४७ मत ल्याएकी थिइन्।

प्रदेश समितिको निर्वाचनमा ४०५ मतदाता थिए ।

फोरमको नयाँ विधानअनुसार प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ का लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २०० ले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि नयाँ समितिले तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्षसहित १० पदाधिकारी मनोनित गरिने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here