समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । संघीय समाजवादी फोरम नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख २८, २९ र ३० गते प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा हुने भएको छ ।

महाधिवेशनका लागि ‘विभेदरहित लोकतन्त्र, पहिचानसहितको संघीय गणतन्त्र’ शीर्षकको नारा तय गरिएको फोरम नेपालका महासचिव रामसहाय यादवले बताए ।

महाधिवेशन प्रचारका लागि पार्टीका उपमहासचिव प्रकाश अधिकारीको संयोजकत्वमा ११ सदस्यीय महाधिवेशन प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।

महाधिवेशन तयारीका लागि अन्य विभिन्न उपसमितिहरू समेत बनेको महासचिव यादवले बताए । उपसमितिका सदस्य पूर्ण बस्नेतले महाधिवेशनको प्रचारका लागि सामग्री तयार पार्ने र प्रचार गर्ने काम सुरु गरिएको बताए ।

पार्टीका प्रचार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य समेत रहेका उनले अब राष्ट्रिय जनता पार्टी र नयाँ शक्ति पार्टी लगायतसँगको एकता वार्ताले महाधिवशेन रोकिने अवस्था नभएको प्रष्ट पारे ।

‘पार्टी एकता हुँदा पनि महाधिवेशन रोकिदैन, महाधिवेशनको तयारी अघि बढिसक्यो,’ उनले भने ।

राजपा र नयाँ शक्तिसँग एकताको चर्चा चलिरहेको बेला ससफोको महाधिवेशनको समय फेरि सर्ने हो कि ? भन्ने आशंका उत्पन्न भएको थियो ।

तर अब तोकिएकै मितिमा महाधिवेशन हुने बस्नेतले बताए । यधपी बिचार, सिद्धान्त, उदेश्य, नीति लगायतका एजेण्डा मिल्ने पार्टीसंगको एकताका लागि बार्ता जारी नै रहने फोरम नेपालका राजनीतिक समिति सदस्य प्रमोद गुप्ताले बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here