समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १५ पुस ।

अदालतबाट विभिन्न घटनामा दोषी ठहर भई फरार अभियुक्तहरुलाई पक्रने कार्यलाई तिव्रता दिएको छ ।


जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख अर्थात प्रहरी उपरिक्षक गोविन्द थपलिया कार्यभार सम्भालेदेखि अदालतबाट कसुर सजाय पाएर र घटना गराएर फरारहरुको खोजी कार्य गरि सजाय दिलाउने कार्यलाई तिव्रता दिएको पाइन्छ ।

२०७५ साल बैशाखदेखि मंसिरसम्ममा ३७ जना फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि अदालतमा पेश गराउँदै अदालतकै आदेशानुसार कारवाहीको लागि चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याङअनुसार २०७५ बैशाख महिनादेखि विभिन्न मुद्धामा वरदात पश्चात फरार रहेका २५ जना प्रतिवादी तथा अभियुक्तहरुलाई पक्राउ गरि अदालतमा पेश गरि कारवाही गराइएको छ ।

यता, विभिन्न मुद्धामा अदालतले कसुरदार ठहर गरि सजाय सुनाएपछि फरारकै सुचिमा रहेका १२ जनालाई पक्राउ गरि अदालतमा पेश गर्दै अदालतकै आदेशानुसार करागार चलान गरेको छ ।

प्रहरीको फरार सुचिमा रहेर पक्राउ नपरेकाहरुको खोजी गरिने क्रममा सवारी ज्यान मुद्धामा धनुषा जिल्ला क्षीरेश्वरनाथ नगरपालिका वाडा ७ बस्ने २१ वर्षको विरेन्द्र सहनी, जर्वरजस्तीकरणीका मुद्धामा फरा शहिदनगरपालिका वडा ३ बस्ने मोहन मंडल, मानव वेचविखन तथा ओसार पसार मुद्धामा जनकपुरधाम उपमहानगरपालिका १३ बस्ने आनन्द साह हलुवाई ,ज्यान मार्ने उधोगका मुद्धा रहेका जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने मोहन कुमार मुखिया, कर्तब्य ज्यान मुद्धामा परेका कमला न.पा.२ का कारी यादव, सवैला न.पा.१३ का मोल्हा मंडलको छोरा ६० वर्षीय मोती मंडल धानुक, आगोलागाउने मुद्धामा कसुर जनकपुरधाम उ.म.न.पालिका १३ वस्नेत पच्चु राउत, लागुऔषध मुद्धामा जनकपुर २ का कुशकुमार साह, सवारी ज्यान मुद्धामा सिरहा जिल्ला विष्णुपुर गा.पा.४ बस्ने छेदी यादव, कर्तव्य ज्यान मुद्धामा महोत्तरी सिग्याही घर भई हल धनुषाको लक्ष्मीनियाँ गा.पा.३ बस्ने २६ वर्षको अमन यादव, सरकारी कागज किर्तेमा जनकपुर २४ वस्ने ६० वर्षीय अशोक कुमार शर्मा, जनकपुरधाम ८ बस्ने ४६ वर्षको रत्नसागरका महन्थ बैकुण्ठ दास बैष्णव रहेका छन ।

अपहरण तथा जर्वरजस्तीकरणमा धनुषाधाम न.पा.४ बस्ने १९ वर्षको रोशन यादव, ठगि मुद्धाका जनकपुरधाम ४ बस्ने ३१ वर्षको गणेश साह,बैकिङ कसुरमा क्षिरेश्वरनाथ न.पा १० बस्ने राहुल कुमार कर्ण,ज्यान मार्ने उधोगमा जनकपुरधाम १२ बस्ने १९ वर्षको मोहम्मद जवार साफी, सवारी अङभङ कसुरमा मिथिला नगरपालिका १० बस्ने राकेश कुमार अधिकारी, कर्तव्य ज्यान मुद्धामा जनकपुरधाम १९ वस्ने ३७ वर्षको श्याम भन्ने प्रेमकुमार यादव, डाका मुद्धाका धनौजी गा.पा.३ बस्ने २४ वर्षको राकेश मंडल, ठगि मुद्धामा जनकपुरधाम ८ बस्ने दिपेन्द्र कुमार मंडल, अपराधी प्रवेश मुद्धाका फरार अभियुक्त रहेका नगराइननगरपाकिा ५ बस्ने ६० वर्षको राजकुमार मंडल, अपमानजनक व्यवहार मुद्धामा धनौजी गा.पा. ५ बस्ने विन्दे भन्ने विन्देश्वर मंडल, कुटपिट तथा लुटपाट घटनामा संलग्न भई फरार रहेका जनकपुरधाम २३ बस्ने ४७ वर्षका शम्भुनाथ झा लगायतका रहेका छन ।

अन्य अदालतबाट कसुर सजाय र विगो मुद्धाका १२ जना अभियुक्तलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here