समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रबिन्द्र यादव
नवलपरासी पश्चिम, १३ फागुन ।

नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका बडा नम्बर २ सेमरीमा रहेको जगन्नाथपुर प्राथमिक स्वास्थ केन्द्र सेमरीलाई भारतीय दुतावासबाट एम्बुलेन्स सहयोग स्वरूप प्राप्त भएको छ ।

प्राप्त भएको ऐम्वुलेन्सको प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले आईतवार एक कार्यक्रम बिचमा समुद्धघाटन गर्नु भएको हो ।

स्वास्थ केन्द्रमा महिलाहरुको धेरै समस्या आएको हुनाले प्रसुती रोग विशेषज्ञ स्थायी महिला दरबन्दी थप राख्ने प्रयास रहेको सांसद त्रिपाठीले बताए ।

सेवा सुविधा राम्रो सित दिनको लागि ऐक्स(रे मसिन अल्ट्रासाउण्ड मसिनको स्टाफको तालिम गराउन अवश्यक रहेको समेत बताए । एम्बुलेन्सबाट सुविधा सम्पन्न रहेको अस्पतालमा बिरामीको जीवन रक्षा गर्न सकिने बताउदै नवलपरासी क्षेत्र नम्बर १ मा ६ वटा एम्बुलेन्स आवश्यक रहेको र भारतीय राजदुतावासबाट यो क्षेत्रको लागि ४ वटा एम्बुलेन्स माग गरेको जस मध्येबाट एउटा प्राप्त भएको सांसद त्रिपाठीले जानकारी दिए ।

प्राथमिक स्वस्थ्य केन्द्र सेमरीका व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं.( २ का वडाध्यक्ष इश्वरी प्रसाद चौधरीको अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि सांसद हृदयेश त्रिपाठी, विशिष्ट अतिथिमा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको अतिथिमा विशेष अतिथि उप प्रमुख अंजु कुमारी चौधरी , कुन्दन कुमार सिंह, रामपृत यादव ,करमहुसेन अंसारी स्वस्थ्य केन्द्र सेमरीका पदाधिकारी, वडा नम्बर ९ वडा अध्यक्ष हेमेन्द्र कुमार पंजियार , ८ का कादिर अलि अन्सारी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

भारतको ७२औ गणतन्त्र दिवसको अवसरमा भारतीय राजदुतावासको सहयोगमा प्राप्त एम्बुलेन्सलाई स्वास्थ्य केन्द्र सेमरीमा रिबन काटेर समुद्घाटन गरे साथै भारत सरकार र भारतीय राजदुतावासलाई धन्यबाद समेत व्यक्त गरेका थिए ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दुतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गराएको हो। भारतले आफ्नो स्वतन्त्रता दिवसकै अवसर पारेर यस अघि नै विभिन्न सामाजिक संघ, संस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १ सय ३६ वटा बस उपलब्ध गराइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here