समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


शहबाज खान
कपिलबस्तु, ७ पुस ।

कपिलबस्तुको विभिन्न ठाउँबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरिक्षक नवीन पौडेलको नेतृत्वमा खटिएको टोलीले जिल्लाको विभिन्न ठाउँबाट काठ बरामद गरेको हो ।
प्रहरीले पुस ६ गते साँझ विजयनगर गाउँपालिका वडा नं ५ पसोहियामा ५० क्यूफिट अबैध काठसहित ट्रयाकटर नियन्त्रणमा लिएको छ ।

त्यसैगरी शनिवार बिहान विजयनगर गाउँपालिका वडा नं. ५ गेडुवाजोतमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको करिब १० क्यूफिट अबैध काठ बरामद गरी काठ र ट्रयाकटर नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय ठकुरापुर पठाइएको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here