समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



सिरहा, २२ पुस ।
अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको कपडा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट, माडरको गस्ती टोलीले बरामद गरेको छ ।

सिरहाको दक्षिणी सीमावर्ती नाकाबाट अवैध रूपले नेपाल भित्र्याइएको तीन लाखभन्दा बढी मूल्यको विभिन्न सामान बरामद गरेको छ । गस्ती टोलीले भारतीय सीमासँग जोडिएको सिरहा नगरपालिका १७ पटेर्वाबाट एक लाख ८१ हजार ६ सय रुपैयाँबराबरको साडी र गन्जी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट, माडरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीका अनुसार गस्तीको क्रममा स ९ प २० नम्बरको मोटरसाइकलसहित उक्त मूल्यको कपडा बरामद भएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइलमा चढेका व्यक्ति प्रहरीलाई देखेलगत्तै भागेपछि मोटरसाइकल र त्यसमा रहेको कपडा बरामद भएको सशस्त्र प्रहरी निरीक्षक शाहीले बताए ।

त्यस्तै, सशस्त्र प्रहरीले सीमावर्ती गाउँमा गस्तीको क्रममा बेवारिसे अवस्थामा भेटिएको एक लाख १७ हजार मूल्यबराबरको एक सय २० थान कम्बल बरामद गरेको छ । भन्सार छलेर अवैध रूपले भित्र्याइएका सामानहरू शुक्रबार जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको प्रहरी निरीक्षक शाहीले बताए ।

भारतीय सीमावर्ती बजार लौकाहा, लदनियाँ, जयनगरसँग जोडिएको सिरहामा विभिन्न चोरनाकाबाट तस्करहरूले भन्सार छलेर अवैध रूपले सामान भित्र्याउने गरेको पाइएको छ । सीमावर्ती प्रहरीचौकी रहेका गाउँबाट टाढा पर्ने खुला ठाउँबाट प्रहरीको आँखा छलेर त्यस्ता सामान भित्रिँदा भन्सार असुलीमा समेत प्रभाव परेको जिल्ला भन्सार कार्यालय माडरले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here